जिम्मी निसम पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

कार्तिक २८, २०८२ |खेल ब्युरो
जिम्मी निसम पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं । न्यूजिल्यान्डका अनुभवी अलराउन्डर जिम्मी निसमले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएल-२०२५ खेल्ने भएका छन् ।

पोखराले शुक्रबार बिहान निसमलाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो । पहिलो सिजन जनकपुर बोल्ट्सबाट उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै टिमलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निसम यस पटक भने पोखरामा अनुबन्धित भएका हुन् । 

निसमले न्यूजिल्यान्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ९३ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । टी-२० आईमा १ हजार १० रन बनाएका निसमको नाममा ५६ विकेट छ । उनले विश्व भरका लिगहरू समेत खेलेका छन् । टिमले यसअघि नै रेमन रेइपर, डान डौथवेट र इंग्लिस विकेटकिपर-ब्याटर एडम रोसिङ्टनलाई अनुबन्ध गरिसकेको छ ।