
काठमाडौं । १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को बुधबार बसेको १२३औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुदको नयाँ मिति सार्वजनिक गरेको हो । बोर्ड बैठकको निर्णयअनुसार प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने छ । यसअघि राखेपको १ सय २३औं बोर्ड बैठकले चाैथाै पटक प्रतियोगितालाई पछि घकेलेको थियो ।
जेठ ३ देखि १० गतेसम्म हुने भनिएको प्रतियोगिता स्थगित गर्दै मंसिरमा गर्ने तयारी थियो । तर राजनीतिक कारणले मंसिरमा पनि प्रतियोगिता हुन सकेन । नवौं राष्ट्रिय खेलकुदपछि १०औं राष्ट्रिय खेलकुद २०८१ असोजमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरिए पनि प्रतियोगिताको मिति बारम्बार सारिएको थियो ।