काठमाडौं । क्यारेवियन टोली वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी-२० आई सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले यूएईको सारजहामा हुने युनिटी कप खेल्न जाने टोलीको विदाइ गरेको हो । सिङ्गो देश हाल शोखमा रहेकाले क्यानले खेलाडीलाई विना खादा र माला विदाई गरेको हो । १६ सदस्यीय नेपाली टोली भोलि मध्यपूर्वका लागि प्रस्तान गर्ने तालिका छ ।
तर यूएईले हाल नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न निषेध गरेका कारण अहिलेसम्म टिमका कुनै सदस्यको भिसा आएको छैन । यूएई भ्रमण पछि नेपाली टोली आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको संयुक्त छनोट खेल्न ओमान जाने छ ।