साफ यू-१७ च्याम्पियनसीपको 'ड्र' सार्वजनिक, नेपाल समूह ‘ए’ मा

श्रावण ४, २०८२ |खेल ब्युरो
साफ यू-१७ च्याम्पियनसीपको 'ड्र' सार्वजनिक, नेपाल समूह ‘ए’ मा

काठमाडौं । श्रीलंकाको कोलम्बोमा यही भदौ ३० गतेदेखि असोज ११ गतेसम्म आयोजना हुने साफ अन्डर सेभेन्टिन च्याम्पियनसीप २०२५ को आधिकारिक 'ड्र' सार्वजनिक भएको छ। नेपाल प्रतियोगिताको समूह 'ए'मा रहको छ।

प्रतियोगितामा सहभागी ७ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। 'ड्र'अनुसार नेपाल समूह 'ए' मा परेको छ । यस समूहमा नेपालले आयोजक श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। 

समूह 'ए'मा ३ टोली रहेका छन् । समूह 'बी'मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्। यो समूहमा भने चार टोली रहेका छन्। यो प्रतियोगिता दक्षिण एसियाली क्षेत्रमा उमेर समूहको फुटबल प्रतिभाको विकास तथा प्रतिस्पर्धात्मक क्षमताको परीक्षण गर्ने प्रमुख प्लाटर्फम मानिन्छ। 

साफले अन्डर फिफ्टिन, अन्डर सिक्सिटन र अन्डर सेभेन्टिनलाई एकै प्रतियोगिताका र"पमा आयोजना गर्ने गरेको छ। तर नेपालले अहिलेसम्म यी तीनै उमेर समूहको प्रतियोगिता जित्न सकेको छैन।