फिडे मास्टर क्षितिज भण्डारी बने चेस प्रतियोगिताका च्याम्पियन

श्रावण ४, २०८२ |खेल ब्युरो
फिडे मास्टर क्षितिज भण्डारी बने चेस प्रतियोगिताका च्याम्पियन

काठमाडौं । फिडे मास्टर क्षितिज भन्डारी, हिमालयन हन्ड्रेड राजेन्द्र केसी स्मृति ब्लिट्ज चेस प्रतियोगितामा च्याम्पियन बनेका छन्। 

काठमाडौंमा शनिबार आयोजित प्रतियोगितामा दुई सय ४५ खेलाडीलाई पछि पार्दै भन्डारी च्याम्पियन बनेका हुन्।

प्रतियोगिता नेपालमा एकैदिन सबैभन्दा धेरै खेलाडीले खेलेको ब्लिट्ज चेस प्रतियोगिता रहेको आयोजकको दाबी छ। १० चरणमा भएको खेलमा ६ देखि ८४ वर्षसम्मका खेलाडी सहभागी थिए । 

राष्ट्रिय च्याम्पियन तथा पूर्व च्याम्पियन खेलाडीसमेत सहभागी प्रतियोगिता अन्तर्राष्ट्रिय चेस दिवस र फिडे सामाजिक वर्षका अवसरमा आयोजना गरिएको हो। प्रतियोगितामा पुरूषोत्तम सिलवाल दोस्रो र मुहाननरसिं श्रेष्ठ तेस्रो स्थानमा रहे।