धादिङ । हरेक वर्ष नयाँ वर्षको दिन फाइनल खेल खेलाइने गरी आयोजना हुने वाकाराह फुटबल कप प्रतियोगिताको उपाधि नुवाकोटको किस्पाङ युवा कल्वले जितेको छ । धादिङको नेत्रावती डबजङ गाउँपालिकाले पर्यटकीय क्षेत्र वाकाराहको प्रचारप्रसार गर्ने उद्देश्यले १५ वाका तथा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा नेत्रावाती डबजोङ गाउँ पालिकाको चौतारा फुटबल क्लबलाई हराउँदै किस्पाङ युवा क्लबले २ लाख २ हजार रुपैयाँ पुरस्कार जित्यो । उपविजेता चौताराले १ लाख १ हजार रुपैयाँ प्रप्त गर्यो ।
नयाँ वर्षको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलाडीलाई पुरस्कार वितरण गर्नु भएको थियो । हरेक वर्ष नयाँ वर्षको दिन आयोजना हुने वाका कपमा नुवाकोट र धादिङका हजारौं दर्शकले सहभागिता जनाउने गरेका छन ।