काठमाडौं । नेपालले पहिलो पटक महिला कबड्डी विश्वकप खेल्ने भएको छ। नेपाल कबड्डी संघले नेपाली महिला टिमले कबड्डी विश्वकप २०२५ मा भाग लिने जानकारी गराएको हो ।
यो विश्वकप आगामी मार्चमा भारतको विहारमा आयोजना हुँदैछ। १४ देश सहभागी हुने विश्वकपमा नेपाल पनि सहभागी बन्न लागेको हो।
नेपालले दक्षिण एसियालीस्तरको प्रतियोगिता भने खेलिसकेको छ। गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा पदक जितेपछि नेपाली महिला कबड्डीले चर्चा पाएको छ। नेपाली टिमले विश्व च्याम्पियनसिपमा भने खेलिसकेको छ।