काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न सेमिफाइनल खेलमा एथलेटिक बिलबाओलाई २-० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।
रियादको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा हान्सी फ्लिकको टोलीले सहज जित हात पार्दा अफसाइडका कारण बिलबाओका दुई अन-टारगेट प्रयास विफल भए ।
राफिन्हाले बार्साको लागि सुरूमै दुई अवसर खेर फाले तर १७औं मिनेटमा गाभीले गोल गरेपछि बार्साले सुरूआती अग्रता बनायो । पेड्रीले एलेजान्ड्रो बाल्डेका लागि रिलिज गरेको बलमा गाभीले ६ यार्ड बक्सभित्रबाट गोल गरे । ५२औं मिनेटमा लामिन यमालले गोल गर्दै बर्सिलोनाको अग्रता दोब्बर पारे । यमालले गाभीको असिस्टमा गोल गरेका हुन् ।
ओस्कर डे मार्कोसले ८२औं मिनेटमा बिलबाओको लागि गोल फर्काएको सोचेका थिए । तर अफसाइड झन्डा उठेपछि गोल खारेज भयो । त्यसको चार मिनेटपछि इनाकी विलियम्सको प्रयास पनि भीएआरले अमान्य ठहर गर्यो ।
यससँगै बार्सा २-० को सहज जित सहित फाइनलमा प्रवेश गरेको हो । उसले उपाधिका लागि सोमबार रियल मड्रिड वा मालोर्काको समाना गर्नेछ । दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे रियल र मालोर्काबीच प्रतिस्पर्धा हुँदै छ ।