चितवनद्वारा जनकपुरलाई १८१ रनको लक्ष्य

मंसिर २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवनद्वारा जनकपुरलाई १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८० रन बनायो ।

चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतक बनाए । उनले ४१ बलमा ७२ रनको विस्फोटक पारी खेले । उनको पारीमा तीन चौका र सात छक्का सामेल थियो ।

यस्तै रवि बोपाराले ४४ रन बनाउँदा हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।

जनकपुरका लागि बलिङतर्फ ललित राजवंशीले दुई विकेट लिए । उनले चार ओभरमा ११ रन दिएर दुई विकेट लिए । हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स नीशमले समान एक विकेट लिए ।

जनकपुरले अब जितका लागि १२० बलमा १८१ रन बनाउन पर्नेछ ।

जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आज जित हात पारे क्वालिफायर्समा स्थान बनाउने छ । चितवनका लागि भने शीर्ष चारमा पुग्ने सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement