एसीसी यू-१९ एसिया कपमा नेपालले भोलि बंगलादेशसँग खेल्ने

मंसिर १५, २०८१ |खेल ब्युरो
एसीसी यू-१९ एसिया कपमा नेपालले भोलि बंगलादेशसँग खेल्ने

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले भोलि बंगलादेशको सामना गर्नेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाललाई जित अत्यावश्यक रहेको छ ।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ । हेमन्त धामीको टिमले पहिलो खेलमा श्रीलंका अन्डर नाइन्टिनसँग ५५ रनको हार ब्यहोरेको थियो । यो खेलमा नेपालाई पुनरागमनको अवसर रहनेछ । तर साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो ।

अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो । बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो । बंगलादेशका मोहम्मद अजिजुलद अकिम र कलाम सिद्दकी उत्कृष्ट फर्ममा रहेका खेलाडी हुन् । उसका अफ फहद ले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नेपालसँग पनि मयन यादव र आकाश त्रिपाठीजस्ता उत्कृष्ट ब्याटर छन्। बंगलादेशलाई हराउन नेपालले ब्याटिङ र बलिङमा नै कन्सिस्टेन्ट प्रदर्शन गर्नु आवश्यक छ । नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । एसिया कपमा आज भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको छ ।



Enter Kantipur TV HD
Advertisement