काठमाडौं । उपाधि दाबेदार ओट तानाका विश्व र्याली रेसको टिमसिटको शीर्षस्थानमा पुगेका छन् । जापानमा आज भएको र्यालीमा पराजित थेयरी नुभेलीले पनि उपाधि दाबेदारी कायमै राखेका छन् ।
आज बिहान भएको रेसमा तानाका १६.३ अंकको अग्रतासँगै शीर्षस्थानमा थिए । उनले ब्रिटिस खेलाडी इलफन इभन्सलाई एसएस एघारबाट पछि पारेका थिए ।
बिहान भएका पहिलो दुई चरणमा १५ औं देखि १२ औं सम्म पुगेका भए पनि बेल्यिन स्टार नुभेलीले आफ्नो स्थान त्यसभन्दा अघि पुर्याउन सकेनन् । आईची प्रिफेक्चरमा आज आयोजित प्रतियोगिताको तेस्रो स्टेज भने पाँच खेलाडीले मात्र पुरा गर्न सकेका थिए ।
सुरक्षाको कारण देखाउँदै त्यसपछिका रेसरलाई आयोजकले रेस रद्द गर्न भनेको थियो। यसकारण तानाका र नुभेलीले आफ्नो तेस्रो स्टेको रेस पुरा गर्नै सकेनन्। यसैकारण उनीहरु व्यक्तिगत रेकर्ड बनाउनबाट चुकेका थिए । अब नुभेलीलाई उपाधि जित्न मात्रै ६ अंक आवश्यक छ ।
भोलि उनलाई पावर स्टेज पोइन्ट उपलब्ध भएमा उपाधि जित्ने संभावना भने कायमै छ ।