नेदरल्यान्ड्स पहिलो पटक डेभिस कपको फाइनलमा

मंसिर ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेदरल्यान्ड्स पहिलो पटक डेभिस कपको फाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सले पहिलोपटक डेभिस कपको फाइनलमा स्थान बनाएर इतिहास रचेको छ । नेदरल्यान्डसले सेमिफाइनलमा जर्मनीलाई दुई-शून्यले पराजित गरेको हो ।

प्रतियोगिताको एक सय चार वर्षको इतिहासमा पहिलोपटक उपाधि नजिक पुग्ने क्रममा नेदरल्यान्डसका लागि बोटिक भान ड सन्ड्सस्लप र ट्यालोन ख्रिस्परले सानदार प्रदर्शन गरे । स्पेनको मालागामा भएको खेलमा बोटिक भान डले डच टिमलाई एक-शून्यको अग्रता दिलाएका थिए ।

उनले जर्मनीका डानिएल अल्टमायरलाई तीन सेटमा पराजित गरेका हुन् । विश्व वरियताको ८० औं स्थानमा रहेका उनले पहिलो सेट ६-४ ले जिते । दोस्रो सेटमा अल्टमायरले पुनरागमन गरे । टाइब्रेकरमा पुगेको यो सेट बोटिक भान ड ले ६-७ ले गुमाएका थिए ।

दुई घण्टा ४२ मिनेट चलेको खेलको तेस्रो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै बोटिकले उत्कृष्ट सुरुवात दिलाएका हुन् । यस्तै ट्यालोनले यान लेनर्ड स्टर्फमाथि पुनरागमन जित हात पारेपछि नेदरल्यान्डस फाइनल प्रवेश गरेको हो ।

उनी पहिलो सेटमा ६-७ ले पछि परेको थिए । तर बाँकी दुई सेटमा लेनर्डलाइ ७-५, ६-४ पराजित गरे । खेलपछि बोटिक र ट्यालोनले जित सम्भव छ भनेर आफूहरूमाथि विश्वास राखेको प्रतिक्रिया दिएका थिए । 

तीन पटकको च्याम्पियन जर्मनी सन १९९३ पछि फाइनल पुग्ने आशमा थियो । तर सफल भएन । अब नेदरल्यान्डसले साबिक विजेता इटाली र अस्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.