काठमाडौं । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नै गएरातिको खेलमा लिभरपुल र बोरुसिया डर्टमन्डले जित दर्ता गरेका छन् ।
प्रिमियर लिग क्लब लिभरपुलको एनफिल्ड रंगशालामा भएको खेलमा घरेलु टिमले जर्मनीको लिभरकुसनलाई ४-० ले हराएको हो ।
लिरभपुललाई जित दिलाउन लुईस डियाजले ह्याट्रिक गरे भने कोडी गाक्पोले पनि गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि आधा खेलसम्मको नतिजा ०-० थियो। दोस्रो हाफमा अर्न स्लटको टोलीले फरक रणनीतिमा शानदार प्रदर्शन गर्यो। जोन्सको पासमा ६१ औं मिनेटमा डियाजले लिरभपुललाई अग्रता दिलाए।
इजिप्टियन स्टार मिडफिल्डर मोहम्मद सलाहको क्रसमा हाक्पोले ६३ औं मिनेटमा नै अग्रता दोब्बर बनाएका थिए। तर सो गोलले भिएअर रिभ्यूपछि मात्र मान्यता पाएको थियो। खेल अवधिभरि ४७ प्रतिशत समयमात्र बलमा नियन्त्रण बनाए पनि डियाजले ८३ र इन्ज्युरी समयमा गोल गरेर लिरभपुलको जित निश्चित गरेका हुन्।
गएराति नै भएको अर्को खेलमा भने बोरुसिया डर्टमन्डले घरेलु मैदानमा एसके स्टुअर्म ग्राजलाई हराएको छ। डर्टमन्डलाई जित दिलाउन डोनिल मलेनले गोल गरेका थिए।