काठमाडौं । च्याम्पियन्स लिगमा स्लोभान ब्राटिस्लाभाविरुद्ध म्यानचेस्टर सिटीले ४-० को फराकिलो जित हासिल गरेको छ ।
२०२३ च्याम्पियन्स सिटीले इन्टर मिलानसँग गोलरहित बराबरी खेल्दै यस सिजनको सुरुवात गरेको थियो । सिटीको जितमा इल्के गुन्डोगन, फिल फोडेन, एर्लिंग हालान्ड र जेम्स म्याकटीले गोल गरे ।
८ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटिलाई अघि बढाए । गत सिजन सबै प्रतियोगितामा २७ गोल गरेका फोडेनले १५ औं मिनेटमा जेरेमी डोकुको पासमा गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो । हालान्डले ५८ औं मिनेटमा युरोपको शीर्ष प्रतिस्पर्धामा २४ औं गोल गुरा गरे ।
यस सिजनमा सबै प्रतियोगिताहरूमा ११ गोल गरिसकेका हालान्डले त्यसको २ मिनेटपछि मैदानबाट बाहिरिएका थिए । म्याकाटीले ७४ औं मिनेटमा गोल गर्दै सिटीको फराकिलो जित सुनिश्चित गरे । सिटीका लागि उनको यो पहिलो गोल थियो । अन्य खेलमा बार्सिलोनाले योङ ब्वाइजलाई ५-० ले पराजित गर्यो । बायर लेभरकुजनले एसी मिलानलाई १-० र सेल्टिकविरुद्ध बोरुसिया डर्टमन्डले ७-१ को जित हात पार्यो ।