इंग्लिस प्रिमियर लिगमा बर्थमथद्वारा साउथहमटन ३-१ गोल अन्तरले पराजित

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिगमा बर्थमथद्वारा साउथहमटन ३-१ गोल अन्तरले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा बर्थमथले साउथहमटनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । लिगको छौंटौ चरणसम्म पुग्दा बर्थमथले दोस्रो जित हात पारेको छ भने साउथहमटनले जितको खाता खोल्न सकेको छैन ।

घरेलु मैदान भाइटलिटी स्टेडियममा खेलको १७ औ मिनेटमा इभानिल्सनले गोल गर्दै बर्नमथलाई अघि बढाए । बर्नमथबाट इभानिल्सनको यो पहिलो गोल थियो । ३२ औं मिनेटमा ड्याङ्गो क्वातारा र ३९ औ मिनेटमा एन्टोनियो सिमेन्योले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा ३-० को अग्रता बनाउको थियो ।

साउथहमटनका लागि ५१ औं मिनेटमा हार्वड बेलिसले सान्त्वना गोल फर्काए । जितसँगै बर्नमाउथले ६ खेलमा ८ अंक जोडेको छ । उ तालिकाको ११ औं स्थानमा छ । समान खेलमा जित विहीन रहँदै १ अंक जोडेको साउथहटन पुछारबाट दोस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement