एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

काठमाडौं । नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउने हुनु भएको छ ।

उहाँ प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन फ्लाई दुबइको जहाज मार्फत १८ गते बिहान नेपाल आइपुग्ने बताइएको छ । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालमा एसियाली स्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । यस प्रतियोगिताका लागि नेपालले पछिल्लो ३ महिना देखि पोखरामा तयारी गरिरहेको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टिमले सन २०१५ को प्री ओलम्पिक क्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ । गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो । नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाए लगत्तै सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा पनि डेब्यु गरेको थियो ।

नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधार सँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघले छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement