एट्लेटिको मड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लियो

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एट्लेटिको मड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लियो

काठमाडौं । युलियन अल्भारेजको लेट गोलमा एट्लेटिको मड्रिड, सेल्टा भिगोमाथि १-० को नाटकीय जित हात पार्दै, ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

लगातार दोस्रो निराशाजनक बराबरी खेल्दै अंक बाड्ने आशंकाका बीच अल्भारेजकाले एट्लेटिकोलाई जोगाएका हुन् । सेल्टाले सिजनको पहिलो घरेलु हार बेहोरे पनि गोलकिपर जान ओब्लाकले शानदार प्रदर्शन गरे ।

पहिलो हाफमा इयागो एस्पासको प्रयासलाई विफल पार्दै उत्कृष्ट बचाउ गरेका जन व ब्याकले थुप्रै अवसरमा एट्लेटिकोलाई गोल गर्ने अवसर दिएनन् । तर म्यानचेस्टर सिटीबाट यसै सिजिन स्पेन गएका अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडीले ९० औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । अल्भारेजकाले गोल गरेपछि "एस्टाडियो डे बालाइडोस"मा एट्लेटिकोले तीन अंक सुनिश्चित गर्यो ।

तेस्रो स्थानमा रहेको एट्लेटिकोको ७ खेलमा १५ अंक छ । समान खेलमा ९ अंक सहित सेल्टा भिगो १० औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement