युरोपा लीगमा क्वाराबागमाथि टोटनहमको जित

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपा लीगमा क्वाराबागमाथि टोटनहमको जित

काठमाडौं । युरोपा लीगको आफ्नो पहिलो खेलमा सातौं मिनेटमा १० खेलाडीमा झरे पनि इंग्लिस क्लब टोटनहमले क्वाराबागमाथि प्रभावशाली जित हात पारेको छ ।

टोटनहमले अजरबैजानको क्वाराबागलाई ३-० गोल अन्तरले पराजित गरेको हो । यात्रा अवरोधका कारण टोटनहम हटस्पर स्टेडियममा खेल ३५ मिनेट ढिलो सुरु भएको थियो । ७ औं मिनेटमा डिफेन्डर राडु ड्रागुसिनले वान-अन वानमा जुनिन्होलाई च्यालेञ्ज गरेपछि सीधा रातो कार्ड देखाउँदा घरेलु टोलीलाई प्रारम्भिक झटका लागेको थियो ।

त्यसका बाबजुद ५ मिनेटपछि डोमिनिक सोलाङ्केको सहयोगमा ब्रेनान जोन्सनले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाए ।

लूज बललाई नियन्त्रण गर्दै पेपे सरले ५२औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले अग्रता दोब्बर पार्यो । ६८औं मिनेटमा सोलाङ्केले गोल गरेपछि टोटनहमले विजयी सुरुवात गर्यो । पहिलो खेलबाट ३ अंक जोडेको टोटनहम युरोपा लीगको चौथो स्थानमा छ । पराजित क्वाराबाग ३६ टोली सहभागि प्रतियोगिताको ३५ औं स्थानमा छ । अन्य खेलमा लियोनले ओलम्पियाकोस एफसीलाई २-० ले पराजित गर्यो । त्यस्तै रोमा र एथलेटिक बिलबाआले १-१ को बराबरी खेले ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement