आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु सिरिजमा क्यानडाको उत्कृष्ट प्रदर्शन

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु सिरिजमा क्यानडाको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु सिरिजमा क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा हात पारेको छ ।

सिरिजको अन्तिम खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गरेको हो । क्यानडाको जितमा परगत सिंहले अलराउन्ड प्रदर्शन गरे । क्यानडाका लागी लिग २ मा यो दोस्रो क्लिन स्विप जित हो । क्यानडाले यस सिरिजमा नेपाल र ओमानलाई २-२ पटक हरायो । घरेलु सिरिजमा शत प्रतिशत नतिजा हात पारेपछि लिग २ को शीर्ष स्थानमा क्यानडाले आफुलाई बलियो गरी स्थापित गरेको छ ।

किङ सिटी मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको ओमानले, ५० ओभरमा ८ विकट गुमाएर १ सय ९८ रन बनाएको थियो । उसका लागी कश्यप प्रजापतिले ५२ रनको अर्धशतकीय योगदान दिए । कप्तान अकिब इलियास सर्वाधिक ६२ नको योगदान दिंदै बाहिरिए । शकील अहमद २९ रनमा नटआउट रहे । ओमानका कलीम साना र परगत सिंहले २-२ विकेट लिए । जवाफमा क्यानडाले २७ बल बाँकी रहँदै ५ विकेट गुमाएर १ सय ९९ रनको लक्ष्य पुरा गर्यो ।

घरेलु टोलीका लागी नवनीत धालिवालले २५ र आरोन जोनसनले ३१ रनको योगदान दिए । परगत सिंहले ८३ रनको सानदार इनिङ खेलेपछि क्यानडाले जित पक्का गर्यो । श्रेयस मोवा ३६ रनमा नट आउट रहे । अयान खानले २ विकेट लिए । ओमान र क्यानडाबीचको अघिल्लो खेलमा क्यानडा ५९ रनले विजयी भएको थियो । यस सिरिजमा नेपाल भने जित विहिन रहृयो । क्यानडासंगका दुबै खेल हारेको नेपालले ओमानविरुद्धको पहिलो खेलमा १ विकेटको पराजय बेहोर्दा दोस्रो खेल वर्षाका कारण रद्द भयो । यस त्रिकोणात्मक सिरिजमा क्यानडाले ८ , ओमानले ३ र नेपालले १ अंक जोडे ।

क्यानडा १२ खेलमा १६ अंक सहित लिगको शीर्ष स्थानमा छ । ओमान ६ अंक सहित छैटौं र नेपाल ३ अंक सहित सातौं स्थानमा छ । यी तिनै टोली सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिज शनिबारबाट शुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement