म्यानचेस्टर युनाइटेड र डच टिम ट्वेन्टीको १-१ गोलको बराबारी

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर युनाइटेड र डच टिम ट्वेन्टीको १-१ गोलको बराबारी

काठमाडौं । म्यानचेस्टर युनाइटेडले यूएफा युरोपा लिगको आफ्नो पहिलो खेलमा ट्वेन्टीसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान ओल्ड ट्रायफोर्डमा इंग्लिस टोली युनाइटेडले डच टिम ट्वेन्टीसँग १-१ गोलको निराशाजनक बराबरी खेलेको हो । युनाइटेडका पूर्वप्रशिक्षक एरिक टेन हृयाग अहिले ट्वेन्टीको मुख्य प्रशिक्षकको भूमिकामा छन् ।

३५ औं मिनेटमा युनाइटेडले क्रिस्टियन एरिक्सनको गोल मार्फत अग्रता लिएको थियो । तर ६८ औं मिनेटमा साम ल्यामर्सले भएको खेलमा ट्वेन्टीका लागी बराबरी गोल फर्काए । यस नतिजासँगै युनाइटेड १ अंकसहित ३६ टोली सहभागी प्रतियोगिताको १० औं स्थानमा छ भने ट्वेन्टी युनाइटेडभन्दा १ स्थानमाथि छ ।

नयाँ ढाँचाको युरोपा लिगको अन्य खेलमा लाजियोले डायनामो किभलाई ३-० र गालातासारेले पीएओके एफसीलाई २-० ले हराउँदा निस र रियाल सोसिडाडले १-१ को बराबरी खेले ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement