महिला टी-ट्वान्टी विश्वकपको टिकट ५ दिराम

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिला टी-ट्वान्टी विश्वकपको टिकट ५ दिराम

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला टी-ट्वान्टी विश्वकपको टिकट मूल्य सार्वजनकि गरेको छ ।

महिला विश्वकप अक्टोबर ३ देखि यूएइमा सुरु हुँदैछ । आईसीसीले महिलाको विश्वकपमा अधिकतम दर्शकको उपस्थितिलाई सुनिश्चित गर्न भन्दै टिकटको मूल्य जम्मा पाँच दिराम मात्र तोकेको छ । 

१८ वर्षभन्दा कम उमेरका दर्शकले निःशुल्क प्रवेश पाउनेछन् । यो क्षेत्रमा महिला टी-ट्वान्टी विश्वकप आयोजना हुन लागेको पहिलो पटक हो । मध्यपूर्वी क्षेत्रमा यो विश्वकपले महिला क्रिकेटलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ । 

 २० अक्टोबरसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता छ । समूह ए मा ६ पटकको च्याम्पियन अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् । समूह बी मा बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । लिगका २० खेल दुबई र सारजाहमा सञ्चालन गरिनेछ । पहिलो सेमिफाइनल दुबई र दोस्रो सारजाहमा हुनेछ भने फाइनल खेल दुबईले होस्ट गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement