महिला एसिया कप : श्रीलंकाद्वारा मलेसिया १४४ रनले पराजित

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिला एसिया कप : श्रीलंकाद्वारा मलेसिया १४४ रनले पराजित

काठमाडौं । एसिया कपअन्तर्गत आज भएको खेलमा श्रीलंकाले मलेसियालाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । श्रीलंकाको जितमा कप्तान चामरी अथापट्टुले शतक प्रहार गरिन् ।

रागिंरी दाम्बुला इन्टरनेसल स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाएर १ सय ८४ रनको योगफल बनाएको थियो । ओपनर भिस्मी गुणारत्ने एक रनमै आउट भएकी थिइन् । तर अर्की ओभर चामरीले ६९ बलमा १ सय १९ रनको अविजित इनिङस खेलिन् । उनले १४ चौका र ७ छक्का प्रहार गरिन् । चामरीको टी-ट्वेन्टी आइमा करियरको यो उत्कृष्ट इनिङस हो । विनफ्रेड दुराइसिंगले दुई विकेट लिइन् ।

जवाफमा मलेसिया १९ ओभर ५ वलमा ४० रनमा अल आउट भयो । एल्सा हन्टरले १० रन बनाइन् । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । सासिनी गिम्हानीले तीन तथा कया काभिन्दी र काभिसा दिलहरीले दुई-दुई विकेट लिए ।

जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको श्रीलंका चार अंकका साथ समूह बीको शीर्ष स्थानमा छ । मेलसिया जितविहीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.