सहाना प्रधान स्मृति भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशको विजयी सुरुवात

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहाना प्रधान स्मृति भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशको विजयी सुरुवात

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति अन्डर नाइन्टिन राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २५-१४ ले जितेको लुम्बिनीले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-१३ ले आफ्नो पक्षमा पार्‍यो ।

पुरुषतर्फ आजै भएको खेलमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । बागमतीले मधेश प्रदेशलाई चार सेटमा हराएको हो । पहिलो सेट २३-२५ ले गुमाएको बागमतीले त्यसपछिका तीन सेट २५-१७, २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्यो।

आजै भएको पुरुषतर्फको अर्को खेलमा भने कोशी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध पुनरागमन जित दर्ता गरेको छ। दुई सेटले पछि परेको अवस्थाबाट कोशीले जित दर्ता गरेको हो । पहिलो सेटमा लुम्बिनीले कोशीलाई २६-२४ ले हराएको थियो । दोस्रो सेट पनि लुम्बिनीले २५-२१ ले जित्यो । तर तेस्रो र चौथो सेट कोशीले जितेपछि खेल २-२ को बराबरीमा पुग्यो । 

अन्तिम तथा निर्णायक सेटमा कोशीले १५-११ ले जित दर्ता गर्यो । प्रतियोगितामा सात वटै प्रदेशका महिला र पुरुष टिमको सहभागिता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.