क्यानडाले नेपाललाई दियो दुई सय ३३ रनको लक्ष्य

हेमन्तले डेब्यु खेलमै लिए तीन विकेट
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
क्यानडाले नेपाललाई दियो दुई सय ३३ रनको लक्ष्य

काठमाडौं । दुईपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले दुई सय ३३ रनको लक्ष्य पाएको छ ।

 त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको हो ।

क्यानडाका लागि ओपनिङमा आएका आरोन जोनसन चार रनमा नै बाहिरिएका थिए । आजकै खेलमा डेब्यु गरेका हेमन्त धामीले व्यक्तिगत दोस्रो ओभरमा जोनसनलाई आउट गराउँदै विकेट लिए । 

त्यसैगरी, तेस्रो नम्बरमा मेदान प्रवेश गरेका सिमान्था विजेयरत्नेले २२ रनको योगादान दिए । उनी आउटा हुँदा क्यानडाले ५५ रन पूरा गरेको थियो । निकोलस किरटोनले भने आज तीन रन मात्र बनाउन सके । ८२ बलमा अर्धसतक पूरा गरेका नवनित ढलिवाललाई ललित राजंशीले २७ औँ ओभरमा आउट गराएका थिए । 

सबैभन्दा किफायती बलिङ गरिरहेका राजवंशीले नवनितलाई ५० रनमा आउट गराएका हुन् । यससँगै चार विकेटको क्षतिमा क्यानडाले एक सय एक रन जोडेको थियो ।

हर्ष ठकरले आउट हुनुभन्दा अगाडि २९ रनको योगदान दिएका थिए । उनी कुशल मल्लाको दोस्रो विकेटको शिकार बने । ४५ रन बनाएर ठूलो पारी खेल्ने क्रममा रहेका निखिल दत्त भने रनआउट भएका थिए । श्रेयस मोभ्वाले २५ रन बनाउँदा कप्तान साद विन जफरले ३१ रनको योगदान दिएका थिए ।

नेपालका लागि डेब्यु खेलमा नै हेमन्तले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गरेर ४९ रन खर्च गरे । कुशल मल्लले दुई विकेट लिँदा  ललित राजवंशी र आकाश चन्दले समान एक-एक विकेट गराए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.