फिफा विश्वकप छनोट दोस्रो चरणको खेलका लागि यमनको टोली नेपालमा

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप छनोट दोस्रो चरणको खेलका लागि यमनको टोली नेपालमा

काठमाडौं । फिफा विश्वकप छनोट दोस्रो चरणको खेलका लागि यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । 

यमन आज साँझ काठमाडौं अवतरण गरेको हो । दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ । यमन र नेपाल पहिलो जीतको खोजीमा छन् । 

यसमनले समूहको आफ्नो पहिलो खेलमा घरेलु मैदानमा बहराइनसँग दुई शून्य गोलको हार बेहोरेको थियो । नेपाल विरुद्ध तीन अङ्क हात पार्ने लक्ष्य यमनको छ । 

पहिलो खेलमा युएईसँग चार-शून्य गोलले पराजित भएको घरेलु समर्थबीच पुनरागमनको प्रयासमा हुनेछ । स्टार डिफेन्डर अनन्त तामाङले चोटका कारण युएईसँगको खेल गुमाएका थिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ । 

यमनसँग उनी मैदान फर्कने विश्वास गरिएको छ । समूह एचमा युएई तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । बहराइन दोस्रो स्थानमा रहँदा अङ्क जोड्न नसकेका यमन तेस्रो र नेपाल चौथो स्थानमा छ । 

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि तुलनात्मक रूपमा कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्त्वपूर्ण रहनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.