मेस्सी इन्टर मियामी जाने पक्का

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
मेस्सी इन्टर मियामी जाने पक्का

काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सी अन्ततः अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीमा जाने भएका छन् । पीएसजी छोडेपछि उनको नयाँ गन्तब्यबारे सर्वत्र चासो रहँदै गर्दा उनले अमेरिक क्लबसँग सम्झौता गर्ने खबर बीबीसीले लेखेको छ ।

मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालको महँगो प्रस्ताव त्याग्दै अमेरिकी क्लब छनोट गरेको अन्य केही विदेशी समाचार माद्यममा समेत उल्लेख छ । उनको अमेरिका स्थानान्तरणका पछि विभिन्न प्रायोजक कम्पनीहरुको हात रहेको बताइएको छ ।

विश्व फुटबलमा सबैभन्दा धेरै उपाधी जितेका मेस्सी पहिलो पटक युरोप बाहिरको क्लबमा आबद्ध भएका हुन् । पीएसजीसागको सम्झौता सकिएपछि उनी पुनः बार्सिलोना र्फकने हल्लासमेत थियो ।

यस्तै साउदी अरेबियाको लिगमा कि्रस्टियानो रोनाल्डो, करिम बेन्जिमा, एन्गोलो कान्टेसहितका खेलाडी आबद्ध भएपछि मेस्सीको समेत साउदी स्थानान्तरणको अनुमान थियो ।

अघिल्लो महिना मेस्सी अल हिलालसँग सम्झौता नजिक रहेको खबर बाहिरिएका थिए । मेस्सीले नयाँ गन्तव्य बनाएको अमेरिकी क्लब मियामीसँग कति रकममा सम्झौता गर्ने भन्ने बारे अझै प्रस्ट भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.