त्रिकोणात्मक सिरिजमा नायक बनेका रोहितका ७ मुद्रा (फोटो फिचर)

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक सिरिजमा नायक बनेका रोहितका ७ मुद्रा (फोटो फिचर)

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल दुई विकेटले विजयी भएको छ । लिगमा लगातार चौथो जित हासिल गर्नमा कप्तान रोहितकुमार पौडेल नायक बनेका छन् ।

उनले स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला जितेपछि नेपाली टोलीका कप्तान पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको प्रतिक्रिया दिएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जितपछि नायक बनेका कप्तान पौडेलले करणकेसीसँग अविजित ७५ रनको साझेदारीमार्फत टोलीलाई जित दिलाएका थिए ।

कप्तान रोहित एक सय एक बलमा ९५ रन बनाए । उनले सात चौका र चार छक्का प्रहार गरे । रोहितले कप्तानी पारी खेल्दै ५४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । रोहितको एक दिवसीय सातौं अर्धशतक हो ।

खेलमा म्यान अफ दी म्याच पनि रोहित नै भए । हेरौं जितपछि मैदानमा रोहितका प्रफुल्लित ७ मुद्रा :

थप :

अभ्यस्त पिचका कारण सफलता पायौं : कप्तान पौडेल

आईसीसी विश्वकप क्रिकेट लिग टु : घरेलु मैदानमा नेपालको लगातार चौथो जित, स्कटल्यान्ड २ विकेटले पराजित

आजको खेलमा पनि स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

किन सन्दीपसँग हात मिलाएनन् स्कटल्यान्डका खेलाडीले ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement