नेपाल ट्रेड रनका लागि गन्तव्य बन्न सक्छ : सामन्था पावर

माघ २५, २०७९ |सविना कार्की
नेपाल ट्रेड रनका लागि गन्तव्य बन्न सक्छ : सामन्था पावर

काठमाडौं । सामान्यतः विदेशी उच्च पदस्थको नेपाल भ्रमण राजनीतिक मुद्दामै केन्द्रित हुने गरेको छ । तर पहिलो पटक नेपाल आएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) प्रमुख समान्था पावरले भने आफ्नो केही समय खेलकुदमा पनि दिइन् ।

नेपाल आएलगत्तै मंगलबार विद्यालयका छात्राहरुसँग बास्केटबल खेलेकी उनले बुधबार अल्ट्रा धावक मीरा राईसँग ट्रेल रनमा सहभागिता जनाइन् । उनले ट्रेल रनका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्नेसमेत बताएकी छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित जगडोल चोकमा बुधबार बिहान छुट्टै रौनक थियो । सबेरै पुगेकी मीरा राईको उत्साह पनि कम थिएन । किनकी उनीसँग युएसएआइडीकी प्रमुख सामन्था पनि सँगै दौडिन लागेकी थिइन् । केही समयको धैर्यतापछि पूर्वपत्रकारसमेत रहेकी सामन्था आइपुगिन् । मीरा र समान्थाबीच छोटो कुराकानी भयो अनि सुरु भयो- रन ...

नेपालको पर्यटन र साना व्यवसायीलाई सहयोग पुर्‍याउने उदेश्यले युएसएआइडी नेपालले ट्रेड एन्ड कम्पेटेटिभनेस प्रोजेक्ट सञ्चालन गरिरहेको छ । त्यहीअन्तर्गत सामन्था र मीरा सँगै दौडिएका हुन् । उनीहरुले डेढ किलोमिटर दौडिए । लगत्तै सामन्थाले नेपाल ट्रेड रनका लागि गन्तव्य बन्न सक्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, 'नेपालमा ट्रेल रन विदेशी पयर्टन भित्राउन प्रचुर संभावना बोकेको देश हो ।'

यूएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन (भिडियोसहित)

सामन्थाको दुई दिने नेपाल बसाइ राजनीतिक भेटघाटमा मात्रै सीमित रहेन । उनले खेलकुदसँग पनि जोडिर आफ्नो भ्रमणलाई फरक बनाइन् । उनले मंगलबार भक्तपुरको आदर्श माध्यमिक विद्यालयका छात्रासँग बास्केटबल पनि खेलेकी थिइन् ।

उच्च पदस्थ विदेशी पाहुनाको यो भ्रमणले नेपालको खेल पर्यटन क्षेत्रलाई सहयोग पुगेको छ । सरकारले पनि खेल पर्यटनमार्फत् मुलुकको आर्थिक समृद्धिमा सहयोग खोज्ने कि ?

यो पनि...

‘यूएसएआईडी’ प्रमुख सामन्था पावर आज स्वदेश फर्किंदै


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।