बेल्जियम राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा टेडेस्को

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
बेल्जियम राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा टेडेस्को

काठमाडौं । बेल्जियम राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा डोमिनी टेडेस्को नियुक्त भएका छन् । बेल्जियम फुटबल संघले आज विज्ञप्ति जारी गर्दै ३७ वर्षीय टेडेस्कोलाई राष्ट्रिय टिमको जिम्मेवारी प्रदान गरेको जानकारी दिएको हो ।

जर्मन क्लब लाइपजिग र रुसको स्पार्तक मस्कोका पूर्वप्रशिक्षक टेडेस्कोले, रोबर्टो मार्टिनेजलाई प्रतिस्थापन गरेका हुन् । बेल्जियम गत नोभेम्बर-डिसेम्बरमा भएको कतार विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनजेले राजीनामा दिएका थिए । उनी हाल पोर्चुगलको मुख्य प्रशिक्षक छन् ।

टेडेस्कोले सन् २०२४ को युरोकप सम्मका लागि सम्झौता गरेको बताइएको छ । इटालीमा जन्मिएका टेडेस्को हाल जर्मन नागरिक हुन् । बेल्जियमको मुख्य प्रशिक्षक हुन पाउनु गर्वको कुरा भएको टेडेस्कोको भनाइ छ । उनको बेल्जियमको प्रशिक्षकको रुपमा पहिलो खेल युरोकप छनोट हुनेछ ।

२४ मार्चमा बेल्जियमले स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ । टेडेस्कोलाई गत सेप्टेम्बरमा लाइपजिगले बर्खास्त गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.