इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा चन्द्रकला, संगीता र सरस्वती छानिए

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा चन्द्रकला, संगीता र सरस्वती छानिए

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म आयोजना हुने इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ का चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका छन् ।

सातदोबाटोमा बुधबार भएको खुला छनोट प्रतियोगिताको ५७ केजी तौल समूहको फाइनल खेलमा आर्मीकी चन्द्रकला थापाले झापाकी सुस्मिता राईलाई पराजित गर्दै छनोट भएकी हुन् । उनले ५:० अंकका आधारमा पराजित गर्दै छनोट भएकी हुन् ।

यस्तै ६० केजी तौल समूहको फाइनल खेलमा एपीएफकी संगीता सुनारले आर्मीकी निरु गुरुङलाई ४:१ अंकका आधारमा पराजित गर्दै छनोट भइन् भने ७५ केजी तौल समूहको फाइनल खेलमा एपीएफकी सरस्वती रानामगरले झापाका त्रिसा जवेगूलाई ५:० अंकका आधारमा पराजित गर्दै छनोट भइन् ।

यस्तै बुधबारै सम्पन्न फ्लाई लाइट ५० केजी तौल समूहको सेमिफाइनल खेलहरुमा एचटुओकी अस्मिता दुवालले आरडीएक्सकी रमिशा श्रेष्ठलाई ४:१ को स्पिलट डिसिजनमा पराजित गरिन् भने सोही तौल समूहमा नेपाल प्रहरीकी दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४:१ को स्पिलट डिसिजनको आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेकी छन् । ५० किलो तौल समूहको फाइनल खेल बिहीबार हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.