साउदी अरेबियन क्लब अल हिलाल क्लब विश्वकप फाइनलमा

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
साउदी अरेबियन क्लब अल हिलाल क्लब विश्वकप फाइनलमा

मोरोक्को । साउदी अरेबियन क्लब अल हिलाल क्लब विश्वकपको फाइनल प्रवेश गरेको छ ।

एसियाको प्रतिनिधित्व गरेको अल हिलालले दक्षिण अमेरिकी च्याम्पियन फ्लेमिंगोलाई ३-२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

मोरोक्कोमा भएको पहिलो सेमिफाइनल खेलमा अल हिलालले २ गोल पेनाल्टीमा गरेको थियो ।

खेलको चौथो मिनेटमा अल हिलालले अग्रता बनाएको थियो । ब्राजिलियन फलेमिंगोका म्याथुजिन्होले लुसियानो भिएटोलाई बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा सलिम अल दसारीले गोल गरेका हुन् ।

२० औँ मिनेटमा पेद्रोले गोल गर्दै खेललाई एक एकको अवस्थामा ल्याए । पहिलो हाफको इन्जुरी समयमा फ्लेमिंगो दश खेलाडीमा झर्‍यो । भियटोमाथि खराब ट्याकल गरेपछि गेर्सन दोस्रो पहेँलो कार्ड पाएर मैदान बाहिरिए । सोही फाउलमा पाएको पेनाल्टीमा अल दसारीले नै गोल गरेर पुन: अल हिलाललाई अग्रता दिलाए ।

७० औँ मिनेटमा अल दसारीले दिएको पासमा भिएटोले गोल गरे । इन्जुरी समयमा फ्लेमिंगोका पेद्रोले एक गोल फर्काए पनि पर्याप्त भएन ।

क्लब विश्वकपको २३ वर्षको इतिहासमा कोपा लिबार्तादोरेसका च्याम्पियनका रुपमा फाइनल नपुग्ने फलेमिंगो छैटोँ क्लब बनेको छ । अब अल हिलालले रियाल मड्रिड र अल अलिबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.