साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४-० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । भारत जारी प्रतियोगितामा अपराजित छ ।

पहिलो खेलमा भारतले भुटानलाई १२ - ० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा बंगलादेशसँग भने गोलरहित बराबरीमा रोकियो । चार अंककासाथ भारत शीर्ष स्थानमा छ ।

समान अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । बंगलादेशले आजै भुटानसँग खेल्नेछ । राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ ।

नेपाललाई उपाधि नजिक पुग्न भारतलाई पराजित गर्नु पर्नेछ । भारतलाई फाइनल पुग्न एक अंक पर्याप्त हुनेछ । नेपाली टिमका प्रशिक्षक यम गुरुङले भारत बलियो प्रतिद्वन्द्वी हो भन्ने बारे सबै जानकार रहेको र सोही अनुसारको तयारी गरेको प्रतिक्रिया दिए । भारतकी प्रशिक्षक मेमोल रक्कीले नेपाललाई हल्का रुपमा नलिने बताएकी छन् ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.