कोस्टारिकासँग जापान १-० ले पराजित

मंसिर ११, २०७९
कोस्टारिकासँग जापान १-० ले पराजित

काठमाडौं । कोस्टारिकाले जापानलाई १-० ले पराजित गरेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार भएको समूह ‘ई’को खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको हो ।

कोस्टारिकाका लागि ८१ मिनेटमा फुलर केयसर ले गोल गरेको थिए । यो गोल नै निर्णायक बनेको छ ।

जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जीवित रखेको छ । पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।