विश्वकप २०२२ को पहिलो खेल सुरु, कतार र इक्वेडर मैदानमा

मंसिर ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
विश्वकप २०२२ को पहिलो खेल सुरु, कतार र इक्वेडर मैदानमा

काठमाडौं । फिफा विश्वकप २०२२ को पहिलो खेल सुरु भएको छ । विश्वकपको पहिलो खेल आयोजक देश कतार र इक्वेडरबीच भएको हो ।

अल खोरस्थित अलख बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल भएको हो । यस स्टेडियम ६० हजार दर्शक क्षमताको छ । 

कतारको कप्तानी हस्सन अद हाइदोस र इक्वेडरको कप्तानी इन्नर भलेन्सियाले गरेका छन् ।