ललितपुरको पानटमा ३ सय ८३ वर्ष पुरानो कार्तिक नाच आज देखि सुरु

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
 ललितपुरको पानटमा ३ सय ८३ वर्ष पुरानो कार्तिक नाच आज देखि सुरु

काठमाडौं । ललितपुरको पानटमा ३ सय ८३ वर्ष पुरानो कार्तिक नाच आज साँझदेखि सुरु हुँदैछ ।

पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको हो ।

यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक-फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो ।

यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ ।

कार्तिक नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले केही विधा थपेर यसलाई १५ दिन पुर्‍याएका थिए । अहिले आर्थिक अभावमा कार्तिक नाचलाई १० दिनमा सीमित गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement