रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

काठमाडौं । जबरजस्ती करणीको आरोपमा रूपन्देही प्रहरीले चार जना भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । असोज ३ गते भैरहवामा रहेको होटल अरोमामा भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षकी युवतीलाई उनकै साथीहरूले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा गत बिहीबार नै होटलबाटै पक्राउ परेका आरोपीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खान, सोही ठाउँका ३७ वर्षीय अफरोज समी, २७ वर्षका सालु खान र गोरखपुर जिल्लाका २७ वर्षका बब्लु खान रहेका छन् । 

त्यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिकाका २५ वर्षका अकबर खान र ३२ वर्षका साहरुख तेलीलाई समेत पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरूलाई शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।

त्यस्तै, रूपन्देही प्रहरीले कोटहीमाई गाउँपालिकामा भदौ ५ गते सामूहिक जबरजस्ती करणीमा परेकी किशोरीको अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालयमा प्रतिवेदन पेश गरेको छ । घटना भदौ ५ गतेको भए पनि प्रहरीमा १० दिनपछि मात्र जाहेरी परेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement