
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताउनु भयो ।
उहाँले राजनीति भन्दामाथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्नुहुँदै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको बताउनु भयो । आधुनिक शक्तिको प्रतिकको रूपमा राजनीतिक दलहरू रहनुपर्ने पनि उहाँले बताउनु भयो । राजनीतिक दलहरूले राज्य नै क्षयीकृत हुनेगरी गल्ती गरेको उहाँकाे आराेप छ। उहाँले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताउनु भयो ।