नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको धवल शमशेरकाे भनाइ

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको धवल शमशेरकाे भनाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पार्टीले गरेको जन सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरूरी रहेको बताउनु भयो । उहाँले यसबारे आफूहरूले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताउनु भयो । नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था रहने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’

उहाँले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.