
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ ।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने दाबी गर्नुभयाे । उहाँले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’ गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितका विभिन्न राजनीतिक दल र समूहहरू नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।