
काठमाडौं । सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले आज वार्ता गर्न लागेको हो ।
वार्ता गृह मन्त्रालयमै हुन लागेको सरकारी अधिकारीहरुले जनाएका छन् । वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित ६ जनाको टोली रहेको छ । प्रसाईं भने वार्तामा सहभागी छैनन् ।