
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना प्रदेशसभा सदस्यहरुले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।
मधेस प्रदेशका ७४ सदस्यले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट हिजो सर्वोच्च अदालतमा दर्ता भएको थियो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् ।
यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले हिजो मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।