नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन

काठमाडौं । नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

आइतबार दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भूवन भट्टले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताउनु भयो । कांग्रेस सुधार र रूपान्तरणको मुद्दा आफूहरूले उठाउन खोजेको उहाँले बताउनु भयो । नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने उहाँकाे भनाइ थियाे । समयसापेक्षरूपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने उहाँले बताउनु भयो ।

उहाँले मुलुकलाई नेतृत्व गर्नुपर्ने कांग्रेस आज पार्टीभित्रै रूमल्लिएको बताउनु भयो । कांग्रेसका युवाहरूले उठाएको आवाजलाई नजरअन्दाज नगर्न समेत उहाँले चेतावनी दिनुभयो । तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग उहाँले गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.