
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी)सहितको बैठक बोलाएको छ ।
आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले १८ गते (मंगलबार) भने पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरूको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गर्नुभएको थियो । संयोजक पुष्पकमल दाहालले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उहाँले शनिबारको बैठक गर्नुभएको थियो । तर आइतबार भने उहाँ बैठकमा आउनु नभएको पनि पार्टी प्रवक्ता सापकोटाले बताउनु भयो । उहाँले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताउनु भयो ।
बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।