काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । ओली र भण्डारीबीच एमाले मुख्यालय च्यासलमा अपराह्न ४ बजेदेखि भेटवार्ता हुन लागेको हो । अध्यक्ष ओलीसँग भेटवार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय च्यासलमा पुग्नुभएकाे छ ।
नेकपा एमालेको शनिबार बसेको पोलिटब्यूरो बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण स्थगन गर्ने गरेपछि भण्डारीले आजै अध्यक्ष ओलीलाई भेट्न लाग्नुभएको हो।
हिजोको बैठकमा पूर्वराष्ट्रपति भण्डारी पार्टीमा सक्रिय हुने विषयमा विवाद भएपछि कुनै निष्कर्ष निस्कन सकेको थिएन । बैठकमा अधिकांश नेताहरूले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर भएको बताएपछि पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निकालिएको थियो ।
साेमबामरदेखि बस्ने एमाले केन्द्रीय समिति बैठकमा पनि पूर्वराष्ट्रपति भण्डारीका विषयमा छलफल हुने बताइएको छ । हिजोको पोलिटब्यूरो बैठकले पार्टी विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण स्थगनमा राख्ने निष्कर्ष निकालेको थियो ।