एमाले पोलिटब्युरो बैठक : उमेर हद र अध्यक्षमा दुई कार्यकाल हट्यो

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले पोलिटब्युरो बैठक : उमेर हद र अध्यक्षमा दुई कार्यकाल हट्यो

काठमाडौं । नेकपा एमालेले विधानमा प्रस्तावित उमेर हद र अध्यक्षमा दुई कार्यकाल हटाउने प्रस्ताव स्वीकृत गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकले यो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको बताउनुभयो । पार्टीभित्रको संगठित सदस्यता र सदस्यता दुई व्यवस्था स्वीकार गरेको बताउनुभयो । उमेर हदको व्यवस्थालाई खारेज गर्ने कुरा स्वीकार गरेको पनि उहाँले बताउनुभयो । ६८ जना पोलिटब्युरो सदस्यहरूले राय राख्नुभएको र जिल्ला, प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी हुने व्यवस्था अघि सारेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको छ । सामान्य सुझाव सच्याउने गरी पारित गरेको छ । पार्टीभित्रको संगठित सदस्यता र सदस्यता दुई व्यवस्था स्वीकार गरेको छ । उमेर हदको व्यवस्थालाई खारेज गर्ने कुरा स्वीकार गरेको छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.