एमालेको निष्कर्ष : भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा छ

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको निष्कर्ष : भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा छ

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङमा रहेको बताएको छ । पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेन्डिङमा रहेको बताउनुभयो ।

राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित हुने बताउनुभयो । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विधानको धारा ८ ले स्वेच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति राष्ट्रपति पद हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ । अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनुपर्ने तर्फबाट पनि ध्यानाकर्षण भएको छ । यसमा विभिन्न कोणबाट छलफल भएको छ । अहिले निष्कर्षमा पुगेका छैनौं । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा निर्णय लिन्छ । नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भएको छ । स्थगन अवस्थामा छ ।”

उहाँले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताउनुभयो । अधिकांश नेताहरूले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताउनुभयो । तत्काल पार्टी अध्यक्ष बनाएर जाने कुरामा सकारात्मक नरहेको निष्कर्ष निकालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.