चीनका लागि नेपाली राजदूत ओलीले बुझाउनु भयो ओहदाको प्रमाणपत्र

मंसिर २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनका लागि नेपाली राजदूत ओलीले बुझाउनु भयो ओहदाको प्रमाणपत्र

काठमाडौं । चीनका लागि नेपाल राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ । हिजो बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित एक विशेष समारोहबीच राजदूत ओलीले ओहदाको प्रमाणपत्र पेश गर्नु भएको हो ।

२९ देशका राजदूतका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनमा उहाँहरूको कार्यकाल सफल होस् भनेर शुभकामना समेत दिनुभयो । कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यी, विदेश मामिला सहायकमन्त्री लगायत उपस्थित हुनु हुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement