शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष दाहाल

मंसिर २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँमा आज पार्टीसम्वद्ध शिक्षक संगठनको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले शान्ति प्रक्रियाका काम टुङगोमा पुर्याउन मुख्य राजनीतिक दलबीच सहमति हुनुपर्ने बताउनुभएको हो । दाहालले यसअघि शान्ति प्रक्रियाका काममा राजनीतिक दलहरु जिम्मेवारीबाट पन्छिने गरेको टिप्पणी गर्दै अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई सहमतिमै टुङग्याउनु पर्ने बताउनुभयो ।

दाहालले शिक्षा विधेयक पारित गराउन सडक र सदन दुवैतर्फबाट आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले विधेयक आगामी संसद अधिवेशनबाट पारित हुने समेत बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले केही बामपन्थी राजनीतिक दलबीच एकताको प्रयास भइरहेको भन्दै अब एकताको विकल्प नरहेको निष्कर्ष सबैको रहेको समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement