मानव तस्करीको आरोप लागेका लीला बल्लभमाथि अनुसन्धान गरी कारबाही गर्न एमाले र माओवादीको माग

मन्त्रीले गल्ती गरेको मुख्यमन्त्री कार्कीको भनाइ
कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानव तस्करीको आरोप लागेका लीला बल्लभमाथि अनुसन्धान गरी कारबाही गर्न एमाले र माओवादीको माग

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीला बल्लभ अधिकारीमाथि अनुसन्धान र कारबाहीको माग उठेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीले भ्रमण जाने क्रममा कानुनी प्रकृया पूरा नगरेर गल्ती गरेको बताउनु भयो । विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले अधिकारी कुनै कमिटीमा नभएकाले केन्द्रीय अनुशासन आयोगले अनुसन्धान गरी कमी कमजोरी गरेको भए कारबाही गर्ने हुने उहाँको भनाइ छ ।

कानुनी प्रकृया पूरा नगरेको कानुन अनुसार अधिकारी माथि अनुसन्धान हुने र कानुनले दण्डनीय ठहर गरेमा अधिकारी सजायको भागिदार हुने भन्दै मुख्यमन्त्री कार्कीले अधिकारीलाई जोगाउने तर्फ एमाले र सरकार नलागेको प्रष्ट पार्नु भयो ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले भने अधिकारी माथि निष्पक्ष छानबिन हुनेमा आशङ्का गर्नु भएको छ । सत्ता गठबन्धनका दुई मुख्यदल नेकपा एमाले र नेपाली कांग्रेस दुवै पार्टीको स्पष्ट धारणा नआएको भन्दै तिम्सिनाले निस्पक्ष छानबिन गरी कारबाही हुनेमा आशङ्का गर्नुभएको हो ।

नेकपा एमाले कोशी प्रदेशका नेता रेवतीरमन अधिकारीमाथि अनुसन्धान हुनुपर्ने बताउनु भएको छ ।

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले मानव तस्करसँगको मिलेमतोमा असम्बन्धित मान्छेलाई कार्यलयको कर्मचारी भन्दै जापान लगेको र जपान अध्यागमनले फिर्ता पठाएपछि घटना बाहिरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement