सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै ६ मन्त्री र ३ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

श्रावण २१, २०८१ |टेकराज जोशी
सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै ६ मन्त्री र ३ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँगै अन्य ६ जना मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिनु भएको छ ।

सोमबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाह र अरू ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाले शपथ खुवाउनु भएको हो । उक्त शपथ ग्रहण लगत्तै ३ जना राज्यमन्त्रीहरूलाई पनि मुख्यमन्त्री शाहले शपथ ग्रहण गराउनु भएको हो । 

नेपाली कांग्रेसबाट मुख्यमन्त्री कमल शाह सँगै आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरकाबहादुर सिहं थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा डडेलधुराकी सरस्वती खड्काले शपथ लिनु भएको हो । 

यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा बैतडीका सुरेन्द्र पाल, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कञ्चनपुरका वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरका हिरा सार्कीले शपथ लिनु भएको हो । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा डोटीकी निर्मला साउँदले शपथ लिनु भएको हो । 

यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिनु भएको हो ।  

एमालेका पाल, थापा र सार्की यसअघि २४ दिनका लागि मात्रै मन्त्री हुनु भएको थियो । जेठ २८ गते मन्त्री भएका दुवै जनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिनु भएको थियो । 


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement